काठमाडौंको दरबार मार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित तीन घण्टा समय बिताएका छन् । गत शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वराजपरिवारका सदस्य तथा आफन्तसँग ह्याप्पी फ्राइडे मनाएका हुन् ।
श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पूर्वराजा ज्ञानेन्द्र किंग्स लाउन्ज पुगेका थिए । झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पूरै तीन घण्टा समय बिताएका थिए ।
सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुगेका पूर्वराजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिएका थिए ।
साँझ झण्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच दरबारमार्ग पुगेका पूर्वराजा ज्ञानेन्द्रले लाइभ म्युजिकको साथमा स्वादिष्ट भोजनको मज्जा लिएका थिए । सहभागी सबैले किंग्स लाउन्जमा उपलब्ध विभिन्न प्रकारका स्वादिष्ट खानाको स्वाद लिँदै गर्दा पूर्वराजा ज्ञानेन्द्रले खानाको प्रशंसा गर्दै सञ्चालकहरूलाई धन्यवाद दिएका थिए । लाउन्जले मिलाएको सुरक्षा प्रबन्धको पूर्वराजा ज्ञानेन्द्रले तारिफ गरेका थिए ।
सो अवसरमा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरूले लाउन्जमा उपस्थित फ्यानहरूसित फोटोसमेत खिचाएका थिए । शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणहरूले भव्य स्वागत तथा सम्मान प्रदान गरेका थिए ।
पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । पूर्वराजा सहभागी उक्त दिन लाउन्जमा किंग्स ब्यान्डका राकेश खालिङ, अञ्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीतसंगीत प्रस्तुत गरेका थिए ।
दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेस्टुरेन्ट किंग्स लाउन्ज सुरक्षितका साथै पारिवारिक वातारणमा सञ्चालमा रहेकाले दिनहुँजसो हाई प्रोफाइल सेलिब्रेटीहरू समेत संगीतका साथै स्वादिष्ट भोजनको आनन्द लिन पुग्ने गरेका छन् ।
लाउन्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल परिकार हरेक दिन फरकफरक स्वादमा खान पाइन्छ । बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म सञ्चालन हुने लाउन्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीसमेत सञ्चालन हुने गरेका छन् ।
यसैबीच किंग्स लाउन्जले आगामी जेठ ९ गतेका दिनबाट पोखराको लेकसाइडमा पहिलो शाखा सञ्चालनमा ल्याउने भएको छ । नयाँ वर्षदेखि नै अनौपचारिक रुपमा सेवा सुरु गरिसकेको लाउन्जले औपचारिक कार्यक्रम गरी पोखरामा सेवा सुरु गर्न लागेको हो ।
सरोज राईले खिचेका केही तस्बिरः
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६