काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने बताएका छन् । मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तरराष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन् ।
संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे । नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी कार्यशैलीमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने उनले बताए । दुई दिनसम्म चल्ने सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुकहरु सहभागी छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६