मुम्बई इन्डियन्सले आईपीएलको उपाधि जितेको छ । आइतबार चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले आईपीएल उपाधि जितेको हो ।
अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भयो । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।
चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । लाथिस मलिङ्गाको पहिलो बलमा वाटशनले १ रन लिए । दोस्रो बलमा पनि जडेजाले १ रन लिए । तेस्रो बलमा वाटशनले २ रन बटुले । वाटशनले चौथो बलमा दुई रन लिने क्रममा रन आउट भएपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । पाँचौ बलमा ठाकुरले २ रन लिएपछि अन्तिम बलमा जितको लागि २ रन चाहिएको थियो । अन्तिम बलमा सारदुल ठाकुर एलवी डब्लू आउट भएपछि मुम्बई १ रनले विजयी हुन सफल भएको हो ।
चेन्नईको जितमा ओपनर वाटशनले सानदार पाली खेलेपनि जितको लागि प्राप्त भएन । उनले ५९ बलमा ८० रन बनाउदै आउट भए । चेन्नईका ओपनर फाफ डु प्लेसिस र शेन वाटशनले पहिलो विकेटका लागि ४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । दशौं ओभरको दास्रो बलमा राहुल चाहरले सुरेश रैनालाई ८ रनमा एलवी डब्लू आउट गरे । ११ औं ओभरको तेस्रो बलमा आम्बाती रायडूलाई जसप्रित बुमराहले १ रनमा विकेटकीपर डी ककबाट क्याच आउट गराए । १३ ओभरको चौथो ओभरमा महेन्द्र सिंह धोनी २ रनमा आउट भएपछि चेन्नई संकटमा परेको थियो । चेन्नई जुन समय ८२/४ को कमजोर अवस्थामा पुगेको थियो । १६ औं ओभरमा लाथिस मलिङ्गालाई १ छक्का र शेन वाटशनले ३ चौका प्रहार गर्दै २० रन बटुलेपछि चेन्नई पुन खेलमा फर्किएको भए पनि जितका लािग पर्याप्त भएन ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । ओपनर क्वीन्टन डि ककले २९ रन बनाए भने इशान किसनले २३ रन, हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाए ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६