–दीपेन्द्र गजुरेल
बार्सिलोना । गैरआवासीय नेपाली संघ स्पेनले अधिवेशनको संघारमा कार्य समितीलाई पुर्णता दिन बसेको बैठकमा विवाद सुरु भएको छ । बुधबार संघकोे कार्यालयमा बसेको बैठकले विधान विपरित आवश्यक छलफल विनै मनोमानी ढंङ्गले शालिकराम डुम्म्रेलाई नियुक्त गरेपछि विवाद चुलिएको छ । संघकी उपाध्यक्ष विनिता रेग्मी खनालको प्रस्तावमा कार्यसमिति सदस्य समेत नरहेका रामचन्द्र पौडेलको समर्थनमा डुम्म्रेलाई पदस्थापन गरेकोमा संघका प्रवक्ता समेत रहेका सुभाष रानाभाटले आपत्ति जनाएका छन । रानाभाटले समितिमा भएका सदस्य साथिहरुको सल्लाहविना चोर बाटोबाट ल्याईएको प्रस्ताव मान्य नहुने बताएका छन । उनले निर्णयप्रति खेद व्यक्त गर्दै हस्ताक्षर समेत नगरेको बताएका छन । संघको आउदै गरेको अधिवेशनलाई पूर्णता दिनकै लागि भएपनि आवश्यक छलफलमा वहुमत संख्या समेत नपुगेको अवस्थामा कसरी निर्णय भयो भन्दै उनले आश्चर्य प्रकट गरे ।
यसैबीच संघका अध्यक्ष मुक्क्त गुरुङ्गले अधिवेशनको समयमा खाली पदपूर्ति गरेको दुई जनामा एक जनाको विरोध भएको र साथिहरुकै छलफलबाट निर्णय गरेका बताए । अध्यक्ष गुरुङ्गले आवश्यक प्रक्रिया पुरा गरेरै निर्णय गरेका दावी गरेपनि संघको २५ सदस्य संख्या मध्ये आठ जनाले मात्रै हस्ताक्षर गरेका छन । संघका महासचिव उमेश अधिकारीले भने संघमा २५ जना कार्यसमिति सदस्यमा बैठकमा आठ जनाको उपस्थिति रहेपनि बाँकी साथिहरुले पछि सहमती जनाउने दावी गरे । एनआरएन स्पेनको विधानमा राजनितिक आचरण भएका व्यक्तिलाई नियुक्त गर्न प्रतिबन्ध लगाएको छ । तिन साताअघि जन सम्र्पक समितिका स्पेनका अध्यक्ष समेत रहेका निर्वतमान सभापति शालिकराम डुम्म्रे हुन ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७३