काठमाडौं : आज मे १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दै छन् । आम नागरिक र समुदायसँग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण मानिन्छ ।
नर्सिङ पेसाप्रति बढ्दो आकर्षणका कारण संख्या बढे पनि त्यसको व्यवस्थापन हुन नसक्दा समस्या भएको बढ्दै गएको छ । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाइ रहेको नर्सहरुको गुनासो छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६