काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।
बेलुका पौने ८ बजे दुई टिम उपाधीका लागि भिड्नेछन् । दुवै टोलीले समान ३–३ पटक आईपीएलको उपाधी जितेका छन् ।
आईपीएलको जारी सिजनमा तुलनात्मक रुपमा चेन्नई भन्दा मुम्बई बलियो देखिएको छ । मुम्बई र चेन्नाईबी जारी आईपीएलमा भएका तीन वटै प्रतिस्पर्धामा मुम्बईले बाजी मारेको छ ।
लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले र अवे खेलमा ४६ रनले पराजित गरेको थियो भने क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो ।
चेन्नई यी तीनवटै हारको बदला लिँदै उपाधी उचाल्ने दाउमा हुनेछ भने मुम्बई चेन्नईलाई हराएर उपाधि जित्ने लक्ष्य साथ मैदान उत्रिनेछ ।
प्लेअफको पहिलो क्यालिफयरमा चेन्नाईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो यता, चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई हराएर फाइनलमा पुगेको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६