काठमाडौं : अनुष्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छिन् ।
बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।
अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुष्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा आएपछि उनले जागिर छाडेकी थिइन् ।
प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर नेसनलको उपाधि जितेकी छिन् ।
कुन विधामा कसले जिते उपाधि ?
मिस नेपाल वर्ल्ड– अनुष्का श्रेष्ठ
मिस नेपाल युनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल सुपर नेशनल– रोज लामा
मिस नेपाल अर्थ– रीया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मीरा कक्षपति
ब्युटी विथ पर्पस– निकिता कर्माचार्य
मिस कन्फिडेन्स– निशा पाठक
पपुलर च्वाइस– रीया बस्नेत
मिस फ्यासिनो– अनुष्का श्रेष्ठ
मिस बेस्ट एथ्लेट्स– प्रदिप्ता अधिकारी
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६