काठमाडौं : भारतीय लोकसभा निर्वाचनका कारण वीरगञञ्ज भन्सार तीन दिन बन्द हुने भएको छ ।
बिहारमा हुने निर्वाचनका कारण वैशाख २७ देखि २९ सम्म सीमा बन्द हुने भएको हो ।
लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भारतीय पक्षको आग्रहमा तीन दिन सीमा नाका बन्द गर्न लागिएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । दुवै पक्षको सहमति र समन्वयमा निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द गरिने भएको हो ।
बिहारलगायत सात राज्यको ५९ लोकसभा सिटमा १२ मे (वैशाख २८)मा निर्वाचन हुँदै छ । लोकसभाको ५४३ सिटमध्ये ४० जना बिहारबाट निर्वाचित हुन्छन् ।