काठमाडाैं : जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि निर्माण समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्राबिधिक समिति लगायत अन्य बिभिन्न स्थानहरुमा बिभिन्न समितिहरु गठन भइरहेका बेला खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागितामा दीपक बिष्टको संयोजनमा १३ सदस्यीय खेलकुद समिति गठन भएको छ ।
जसको सल्लाहकार समितिमा बैकुण्ठ मानन्धर, राजु शाक्य, भावना घिमिरे र जगत टमाटा छन् भने सदस्यहरुमा हरि खड्का, संगीना बैद्य, भरत शाह, विनोद दास, गौरिका सिंह, दीपक श्रेष्ठ, रुबिना क्षेत्री, सरस्वती चौधरी, दीपक महर्जन, महेश्वर महर्जन, सावित्री भण्डारी ‘साम्बा’, अनिल गुरुङ र छुम्बी लामा लगायत छन् ।
यसैगरी रङ्गशाला निर्माण अभियानका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने सद्भावना दूतका रुपमा अभियानमा नियुक्त गरिएको छ । आगामी दिनमा यो समितिमा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका खेलाडीहरु पनि जोडिन सक्ने बताइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६