ताप्लेजुङ : त्रिभुवनआर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रोे पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मैवाखोला गाउँपालिका स्थित साँघुमा बिहिबार भएको फाइनल खेलमा आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले लगातार दोश्रो पटक उपाधि जितेको हो ।
नारायणी माविको खेल मैदानमा भएको उपाधि भिडन्तमा पुलिसले आर्मीमाथि २५–१७,२५–१३ र २५–१९ को सहज जित निकाल्यो । उपाधिसंगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ७६ हजार २ सय ५१ प्राप्त गरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार प्राप्त गरेका थिए । ्पु
लिसका ओपन स्पाइकर कुलबहादुर थापा(हरी)ल उत्कृष्ट खेलाडीको उपाधि जिते । प्रतियोगिताको बिद्यागततर्फको उपाधिमा पुलिसकै खेलाडीको वर्चश्व रह्यो । उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राजजोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए । उपबिजेताको टिमको तर्फबाट उत्कृष्ट स्पाइकरको उपाधि धनबहादुर भट्टले जितेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६