काठमाडाैं : यसपालिको एसईई सकिएको पनि एक महिना हुन लाग्यो । तीन/चार महिनाको एसईई बिदा कटाउन सबै विद्यार्थीलाई पटयार लागिसकेको होला । आफन्त भेटघाट, साथीभाइ घुमघाम । फिल्म हेर्नेदेखि ट्रेकिङ जानेसम्मका रमाइला काम सकिए होलान् । अझ दिनभर इन्टरनेटमा फेसबुक चलाउनेदेखि युट्युबमा गाना तथा फिल्म हेर्दाहेर्दा वाक्क पनि लागिसक्यो होला ।
कोेही कोहीलाई दिन काट्न सजिलै होला । कतिपयले कक्षा ११ मा राम्रो कलेज पढ्नका लागि ब्रिजकोर्स गर्दै हुनुहुन्छ होला । तर अधिकांश विद्यार्थी ८० प्रतिशतभन्दा बढी दिनभर सुतेर, साथीभाइसँग बरालिएर हिँडेको देखिन्छ । यस्तो अमूल्य समय छोराछोरीहरूले त्यसै खेर फालेको देख्दा अभिभावक चिन्तित हुनु पनि स्वभाविक नै हो । त्यसो भए यो अमूल्य समयलाई खेर जान नदिने कुनै उपाय छैन त ?
उपाय अवश्य छ ।
नेपालकै पुरानो व्यावसायिक घराना, जसले नेपालमा एक सयभन्दा बढी वर्षको अनुभव सँगालेको छ, गोल्छा अर्गनाइजेसनले पहिलोपल्ट शिक्षा क्षेत्रको आईटी क्षेत्रमा लगानी गरेको छ । हुलास एजुकेसन प्रा. लि. अन्तर्गतको neosphere ले विगत एक वर्षमै एक हजारभन्दा बढी विद्यार्थीलाई आईटीको तीन महिने तालिम दिएर रोजगारी प्रदान गर्दै आएको छ । खासगरी प्लस टु दिएर बसेका विद्यार्थीहरूलाई तीन महिनाको फाउन्डेसन कोर्स गराएर कुनै पनि ब्याचलर लेभलको आईटी कोर्सहरूका लागि कलेज रेडी गराउँछ ।

यसपालिदेखि नै नयाँ बानेश्वरमामा रहेको neosphere ले प्लस टु र ब्याचलर लेभललाई मात्र होइन, आईटीको ज्ञान एसईई दिएका विद्यार्थीहरूलाई अझ अपरिहार्य छ भन्ने महसुस गरी पहिलो पटक दस हप्ते आईटीको तीन वटा कोर्सहरू ल्याएको छ । एसईई दिएका विद्याथीहरूले सर्वाधिक मन पराएको र रुचाएको विषय, कोडिङ, वेब डिजाइन र ग्राफिक डिजाइन भएकाले सोही तीन कोर्सहरू पढाउन सुरु गरेको neosphere का बिजनेस डेभलपमेन्ट म्यानेजर प्रवीण रिमालले जानकारी दिए । यी कोर्सहरूको आ-आफ्नै विशेषता रहेको उनले बताए ।
जस्तै भविष्यमा आईटी प्रोगामर, सफ्टवेयर डेभलपर, वेब डेभलपर, गेम डेभलपर, एप्स डेभलपर हुन चाहनेहरूले कोडिङ (एफओडी) सिक्छन् भने वेब डिजाइन सिक्नेहरूले पछि गएर वेबसाइट डिजाइन र ग्राफिक्स डिजाइनिङ सिकेकाले पछि गएर डिजाइनिङको काम गर्न सक्छन् । यी सबै कोर्सहरूले सबै विद्यार्थीहरूलाई पछि गएर उद्यमी बन्न प्रेरणा दिन्छ भने प्लस टु वा त्यसपछि ब्याचलरमा आईटी पढ्नलाई फाउन्डेसनको काम गर्दछ । हाल एक सयभन्दा बढी विद्यार्थी यी कोर्स गरिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६