काठमाडौं : युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलका दोस्रो लेगको खेलमा स्पेनिश क्लब बार्सिलोनाले लज्जास्पद हार भोगेको छ ।
मंगलबारराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलसँग ४–० ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो ।
मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ४–० ले हराएर लिभरपुलले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगमा लिभरपुल ३–० गोलअन्तरले पराजित भएको थियो । दोस्रो लेगमासनशनीपूर्ण प्रदर्शन गर्दै समग्रमा ४–३ को जित दर्ता गर्न सफल भयो ।
लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनो विज्नाल्डमले २–२ गोल गरे । पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्यो ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६