घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ गुमाउँदै १ सय ३१ रन बनायो । चेन्नईका आम्बाती रायडुले लागि सर्वाधिक ४२ रन बनाए । चेन्नईलाई मध्यम योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनीले ३७ रनमा अविजित रहे । अन्तिम ओभरको पहिलो बलमा जसप्रित बुमराहले महेन्द्र सिंह धोनीलाई क्याच आउट गराएपनि नो बल भएपछि जीवन दान पाएका थिए ।
चेन्नईको सुरुवात खराव रह्यो । तेस्रो ओभरको पहिलो बलमा राहुल चाहरले अनोमल प्रितीसिंहबाट फाफ डु प्लेसिसलाइ ६ रनमा क्याच आउट गराए । चौथो ओभरको तेस्रो बलमा जयन्त यादवले आफैं क्याच लिदैं सुरेश रैनालाई ५ रनमा आउट गरे । छैटौं ओभरको अन्तिम बलमा कुनाल पान्ड्याले जयन्त यादवबाट शेन वाटशनलाई १० रनमा क्याच गराएपछि सुरुवाती समय चेन्नई दवावमा परेको थियो । १३ ओभरको पहिलो बलमा राहुल चाहारलेनै विकेटकीपर क्विन्टन डी ककबाट मुरली विजयलाई २६ रनमा स्टम्पिङ आउट गरे ।
पाँचौ विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी र आम्बाती रायडुले ६६ रनको अविजित साझेदारी गरेपछि चेन्नईलाई प्रतिस्पर्धात्मक योगफल बनाउन सकेको हो । मुम्बईका लागि राहुल चाहारले २,जयन्त यादव र कुनाल पान्ड्याले समान १ विकेट लिए ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६