वासिङ्टन : पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ ।
स्थानीय समयअनुसार सोमबार राती ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तर-पश्चिममा रहेको क्षेत्रको १२७ किलोमिटर गहिराइमा भूकम्पको केन्द्र रहेको युएसजीएसले जनाएको छ । युएसजीएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसुस गरिएको छ ।
यस भूकम्पपछि धनजनको क्षतिसम्बन्धी कुनै पनि समाचार प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन । पपुवा न्यु गिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो ।