काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रम विद्यार्थीले लेखेको राम्रो निबन्धजस्तो भएको बताएका छन् । संसदमा आज सरकारको नीति तथा कार्यक्रममाथी आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै सिंहले सरकारले अपत्यारिलो सपनाका रुपमा कार्यक्रमहरु ल्याएको टिप्पणी गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै दुरावस्था रहेका बेला हाइवेमा आपत्कालिन विमान अवतरण गराउने कुरा नीति तथा कार्यक्रममा समेटिएकोमा आश्चर्य व्यक्त गरे । सरकारले विना आधार दोहोरो अंकको आर्थीक वृद्धिको कुरा गरेको पनि सिंहले बताए । ‘मास्क लगाएको मान्छे अब हेर्नुपर्दैन भन्नुभएको थियो । मन्त्री, प्रधानमन्त्रीले त फुकाल्नुभयो होला तर जनताले मास्क फुकाल्न पाएको छैन है,’ सिंहले भने । उनले कांग्रेसले राखेको संशोधन प्रस्ताव स्विकार्न पनि सरकारलाई आग्रह गरे ।
नीति तथा कार्यक्रममा सोचहरु राम्रो भएपपिन त्यसलाई पुरा गर्ने स्रोत साधनबारे उल्लेख नभएको उनको भनाई थियो । सरकारमा आउँदा श्वेतपत्र जारी गर्दै अघिल्लो सरकारले खतम गरेको भनिएपनि अहिले विगत ३ वर्षदेखि सरकारले राम्रो आर्थीक वृद्धि गरेकाले त्यसकै आधारमा दोहोरो आथीक वृद्धिमा जाने भनेकोमा भने उनले धन्यवाद दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६