काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैैैछन् ।
चेन्नई घरेलु मैदानमा हुने प्लेअफमा जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ भने मुम्बई पनि चेन्नईलाई हराएर फाइनल पुग्ने दाउमा हुनेछ ।
खेल मंगलबारराति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । जारी आईपीएलमा मुम्बई लिग चरणको विजेता बन्दै प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो भने चेन्नई दोस्रो भएर प्लेअफमा पुगेको हो ।
मुम्बईले १४ खेलमा ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर लिगको शीर्ष स्थानमा रहन सफल भयो । चेन्नई समान जित र हारसहित समान अंक जोड्न सफल भएपनि
जारी आईपीएलमा चेन्नईभन्दा मुम्बईको प्रदर्शन सन्तुलित र बलियो देखिएको छ । मुम्बईले चेन्नाई विरुद्धको लिग चरणको दुबै खेलमा सहज जित निकालेको थियो ।
मुम्बई यो शृंखलालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने चेन्नई लिग चरणमा ब्यहोरेको दुबै हारको बदला लिएर फाइनल पुग्ने दाउमा छ ।
आजको खेलबाट विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले फाइनल पुग्न इलिमिनेटर राउण्डबाट विजेता बनेर आउने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६