काबुल : अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् ।
सरकारी स्रोतले सोमबार दिएको जानकारीअनुसार हेरात प्रान्तको गुलरान जिल्लाको चाह ए केहसानी गाउँका तालिवान लडाकु समूहले बारुदी सुरुङ विस्फोट गराएका हुन् । यस घटनामा घाइते भएका बालबालिकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।
अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्वमा परी सन् २०१८ मा तीन हजार ८०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य सात हजार १८० व्यक्ति घाइते भएको अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।
सन् २०१८ मा भएमा घटनामा ९२७ बालबालिकाको मृत्यु हुनुका साथै दुई हजार १३५ बालबालिका घाइते भएका थिए ।