खाँदबारी : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका संखुवासभा इन्चार्ज देव गुरुङसहित चार जनालाई अदालतले जेल चलान गरेको छ ।
जिल्ला अदालत संखुवासभाले जिल्ला इन्चार्ज गुरुङसहित सुनिता राई, सुजन विश्वकर्मा, सञ्जय तामाङ र बुद्धिमान तामाङलाई कारागार चलान गरेको जिल्ला अदालतका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिएका छन् ।
बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा विस्फोट गराएको, संगठित अपराध, सार्वजनिक सम्पत्तिमाथि आगजनी र अवैध हातहतियार लगायतका मुद्दामा उनीहरूलाई सजाय फैसला भएको हो ।
प्रहरीले संखुवासभा जिल्लाका साथै विभिन्न फरक–फरक स्थानबाट विप्लव समूहका नौ जना कार्यकर्ता पक्राउ गरेको थियो । जिल्ला इन्चार्ज गुरुङ र सुनिता राईलाई काठमाडौँबाट पक्राउ गरेको थियो भने अन्य कार्यकर्ताहरू विभिन्न समयमा फरक–फरक ठाउँबाट पक्राउ परेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६