इन्डियन प्रिमियर लिगको ५५ औं खेलमा चेन्नई सपुर किंग्स किंग्स इलाभेन पन्जाबसँग ६ विकेटले पराजित भएको छ । १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १८ ओभरमा ४ विकेटको क्षतिमा सहजै पुरा गर्यो ।
पन्जावका लागि ओपनर के एल राहुलले ३६ बलमा ७१ रनको महत्वपूर्ण पाली खेलेपछि चेन्नई पराजित हुन पुगेको हो । पन्जावका अन्य क्रिस गेल २८,निकोलस पुरन ३६ रनमा आउट भए । मन्दीप सिंह ११ र साम कुनर ७ रनमा अविजित रहे । चेन्नईका हरभजन सिंहले ३ र रविन्द्र जडेजाले १ विकेट लिए ।
त्यस अघि पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन ओपनर फाफ डु प्लेसिसले सानदार ब्याटिङ गरे । तर शतक पुरा गर्न ४ रनले चुक्न पुगे ।
डु प्लेसिसले दोस्रो विकेटका लागि सुरेश रैनासँग १ सय २० रनको साझेदारी गरेपछि चेन्नईले बलियो योगफल तयार पार्न सफल भएको हो । यी दुई बीचको शतकीय साझेदारी साम कुरनले १७ ओभरको चौथो बलमा मोहम्मद सामीबाट क्याच गराउँदै तोडेका थिए । रैनाले ३८ बलमा ५३ रन बटुले ।
त्यस अघि पाँचौ ओभरको पहिलो बलमा करनलेनै अर्का ओपनर शेन वानटशनलाई ७ रनमा बोल्ड आउट गर्दै पन्जावलाई पहिलो सफलता दिलाएका थिए । कप्तान महेन्द्र सिंह धोनी १० रनमा अविजित रहे । पन्जावका साम कुनरले ३ र मोहम्मद सामीले २ विकेट लिए ।
यो जितका बाजुत पनि पन्जाव अघिल्लो चरणमा प्रवेश गर्न सकेन । पन्जाव १४ खेलमा ६ मा जित र ८ मा हारका साथ छैटौं स्थानमा रहँदै यो सिजनको आईपीएल अन्त्य गरेको छ । चेन्नई भने १४ खेलमा ९ मा जित र ५ मा हारका साथ शीर्ष रहँदै क्वालिफायर भएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६