काठमाडाैं : ट्राफिक प्रहरीले अवैध रूपमा खोलिएको टिकट काउन्टर बन्द गरेको छ ।
आज काठमाडौंका विभिन्न स्थानमा अनुगमनका क्रममा गौशालामा मात्र अवैध रूपमा खोलिएका छ वटा भेटिएकाले सबै बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
साथै अन्य क्षेत्रमा पनि निरन्तरता दिने ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रवक्ता जयराज सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार सार्वजानिक स्थान, फुटपाथ आदि मिचेर बनाइएको र व्यवसायी संघको अनुमतिबिना खोलिएको काउन्टरलाई बन्द गरिएको छ ।
त्यस्तै अनुमति दिइएको व्यक्ति बाहेकबाट बिक्री हुने र अनुमति दिइएका बाहेकका काउन्टरबाट बिक्री गरिएको पाइएको हुँदा त्यस्ता काउन्टर बन्द गरिएको तथा अझै पनि अनुगमनको काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६