सोलुखुम्बू : थुलुङदूधकोसी गाउँपालिका–४ जुवुमा रुखले किचेर शनिबार एक किशोरीको मृत्यु भएको छ ।
दाउरा टिप्ने क्रममा रुखले किचेर थुलुङदूधकोसी गाउँपालिका–४ जुवुका काशीराज राईकी १८ वर्षीया छोरी सुस्मा राईको मृत्यु भएको हो । दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्चा गम्भीर घाइते भएकी राईलाई उपचारका लागि लैजाँदै गर्दा भ¥याङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो १ः३० बजे रुख लडेर उनलाई किचेको थियो । हेलिकप्टर आउने ठाउँ भ¥याङखोलातर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६