राजामा नियुक्त भएपछिको पहिलो सम्वोधन गर्दै शनिबार उहाँले सवै देशहरुसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताए । उनले भने, म गम्भिरतापूर्वक आग्रह गर्दछु कि, विश्व शान्ति र बाँकी विकासका लागि सवै देशहरुले सहकार्य गर्नु आवश्यक छ ।
जापानका १२६ औँ राजा ५९ बर्षीय नारुहितो टोक्योस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा देखा परेका थिए । उनीसँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरु पनि देखा परेकाे समाचारमा जनाइएको छ ।
महारानी मसाकोले पहेलो रंगको लामो कपडा लगाउनु तथा गरगहनाहरु पनि लगाएकी थिइन । जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका थिए । उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा बनेका छन् ।
विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा क्रिसेन्थिमम थ्रोन नाम दिइएको विशिष्टरुपमा सजाइएको राजगद्दीमा राखिएको थियो ।
उनका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको थियो । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो । पूर्व राजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी थिइनन् ।