सामूहिक रूपमा मानव ‘टाठो र बाठो’ प्रजाति हो । छोटो समयमै परमाणु टुक्र्याउनेदेखि लिएर अन्तरिक्ष यात्रासम्म मान्छेले सफलता हासिल गरिसकेको छ । मानिस उत्सुक प्राणी हो । त्यही उत्सुकता, मेहनत र आवश्यकताले मानव दिमाग परिष्कृत र विकसित हुँदै गइरहेको छ ।
वैज्ञानिक अविष्कारबाहेक प्रायः उपलब्धिहरू एकलभन्दा पनि सामूहिक प्रयासको प्रतिफल हो । तर बेलाबेला चर्चामा आउने गर्छ, कुन देश सबैभन्दा बाठो छ भनेर । कुन देशका मानिसको बुद्धि तेज छ, कुन देशका मानिसको योगदान अरूभन्दा धेरै र महत्वपूर्ण छ ? कुन देशका मानिस अविष्कार धेरै गर्छन् ? कहाँका विद्यार्थी पढाइमा अगाडि छन् ? कसको आईक्यू बढी छ ? यस्ता विषयमा धेरै सर्भे र अध्ययनहरू भएका छन् । उक्त सूचीहरू विवादित भए पनि बेला बेला तरंग ल्याउने गर्छन् ।
बेलायती प्रोफेसर रिचर्ड लिन र फिनिस प्रोफेसर टाटु भ्यानहेननले सन् २००२ देखि सन् २००६ सम्म गरेको एउटा यस्तै अध्ययनले विभिन्न देशको सूची देखाउँछ ।
उनीहरूले ८० भन्दा बढी देशका मानिसमा यो अध्ययन गरेका थिए । उनीहरूको अध्ययनको प्रमुख आधारहरूमा राष्ट्रको आर्थिक वृद्धिदेखि लिएर साक्षरता, उच्च शिक्षा पूरा गर्नेहरूको प्रतिशत, औसत आयु र राष्ट्रको प्रजातन्त्रीकरण गति थियो । त्यस्तै अरू आधारहरूमा पोषण, वंशाणु र अरू वातावरणीय तत्वहरू थिए ।
उनीहरूको सूचीमा हङकङ एक नम्बरमा पर्यो भने सिंगापुर दोस्रो र दक्षिण कोरिया तेस्रो नम्बरमा पर्यो । यो सूचीमा नेपाल २९औँ नम्बरमा छ । आर्थिक रूपमा अरूभन्दा अगाडि रहेका प्रमुख तीन राष्ट्रहरू चीन, संयुक्त राज्य अमेरिका र जापान क्रमश ३, ९ र ३ नम्बरमा सूचीकृत छन् ।
यो सूची धेरै विवादित भयो । लिन र भ्यानहेननको किताबहरू ‘आईक्यू एन वेल्थ अफ नेसन (२००२)’ र ‘आईक्यू एन ग्लोबल इनइक्वालिटी (२००६)’ मा समावेश यी सूचीहरूले तरंग नै ल्यायो ।
स्रोत: आईक्यू एन वेल्थ अफ नेसन (२००२) र आईक्यू एन ग्लोबल इनइक्वालिटी (२००६) | | सुची |
हंगकंग | १०८ | १ |
सिंगापुर | १०८ | १ |
अष्ट्रिया | १०६ | २ |
नेदरल्याण्ड्स | १०५ | ३ |
लक्जेम्बर्ग | १०५ | ३ |
नर्वे | १०४ | ४ |
बेलायत | १०२ | ५ |
बेल्जियम | १०१ | ६ |
क्यानेडा | १०१ | ६ |
इस्टोनिया | १०१ | ६ |
फिनल्याण्डं | १०० | ७ |
जर्मनी | १०० | ७ |
लक्जेम्बर्ग | १०० | ७ |
नर्वे | १०० | ७ |
बेलायत | ९९ | ८ |
बेल्जियम | ९९ | ८ |
क्यानेडा | ९९ | ८ |
इस्टोनिया | ९९ | ८ |
फिनल्याण्डं | ९९ | ८ |
जर्मनी | ९९ | ८ |
पोल्याण्ड | ९९ | ८ |
स्विडेन | ९९ | ८ |
अन्ड्रिया | ९८ | ९ |
अष्ट्रेलिया | ९८ | ९ |
चेक रिपब्लिक | ९८ | ९ |
नेपाल | ७८ | २९ |
त्यस्तै अर्को अध्ययन गरेको थियो भाउचर क्लाउड वेबसाइटले । कुनै पनि देशले जितेका नोबेल पुरस्कारहरू, वर्तमान औसत आईक्यू र उच्च शिक्षा उक्त वेबसाइटले आधार बनाएको थियो ।
भाउचर क्लाउडले बनाएको सूचीमा एसियाली र युरोपेली देशहरू पकड देखियो । जापान सबैभन्दा बाठो र ‘इन्टिलिजेन्ट नेसन’ ठहरियो । नोबेल पुरस्कार पाउने सूचीमा एक नम्बरमा परेको संयुक्त राज्य अमेरिका प्रमुख सूचीमा चाहिँ ४ नम्बरमा पर्यो ।
अमेरिकाले अहिलेसम्म ३६८ वटा नोबेल पुरस्कार पाइसकेको छ । सूचीको दोस्रो नम्बरमा आयो स्विट्जरल्यान्ड भने चीन तेस्रो नम्बरमा ।
स्रोत-भाउचर क्लाउड वेबसाइट | | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
| | | | |
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६