फ्रान्स तथा पीएसजीका युवा फरवार्ड केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ । एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसनले तीन खेलको प्रतिबन्ध सुनाएको हो । २० वर्षीय एमबाप्पेले रेनिसविरुद्धको फ्रेन्च कपको फाइनल दौरान अन्तिम समयमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
फ्रेन्च कपको फाइनलमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुदै पीएसजी उपाधि जित्नबाट वञ्चित भएको थियो ।
सोही खेलपछि पदक लिन जाने क्रममा नेयमारले समर्थकलाई हात हालेको भन्दै अर्का सुपरस्टार नेयमार जुनियरमाथि पनि अनुसन्धान भइरहेको एफएफएफले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६