स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताउनुभयो । उहाँले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिनुभयो । कराची बाहिरको लर्काना शहरका १८ जना बालबालिकामा एचआइभी सङ्क्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरुले थप अनुसन्धान गरेका थिए ।
त्यसपछि दर्जनौं अरु सङ्क्रमितहरु भेटिएका थिए । सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री अजरा पेचुहोले पनि चिकित्सक पक्राउ परेको जानकारी दिए । सङ्क्रमित बालबालिकाका बाबुआमाको पनि रक्त परीक्षण गरिएको तर उनीहरुमा एचआइभी देखिएन, मन्त्री पेचुहोले भने । पाकिस्तानमा एचआइभी सङ्क्रमितको संख्या कमै छ तर पछिल्लो समय यो फैलिने क्रम जारी छ । खासगरी सिरिन्जबाट लागूऔषधका प्रयोगकर्ता, यौनकर्मी र खाडी राष्ट्रबाट फर्किएका आप्रवासी कामदारमा एचआइभी भेटिने गरेको छ ।