काठमाडौं : पर्यटन विभागले देशका विभिन्न क्षेत्रमा गएका पर्यटक र पर्यटक व्यवस्थापन गरिरहेका एजेन्सीहरूलाई स्थानीय मौसमको ख्याल गरेर सचेत रहन आग्रह रेको छ ।
बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव परेर नेपालको मौसममा पनि प्रतिकूल असर पर्ने मौसमविद्हरूको भनाइलाई आधार मान्दै विभागले यस्तो आग्रह गरेको हो ।
मौसम विभागले शुक्रबार र शनिबार नेपालमा पनि फानीको प्रभाव पर्ने देखिएकाले उच्च सावधानी अपनाउन आग्रह गरेको छ । मौसम विभागका अनुसार यसको प्रभावले अहिले नेपालको पूर्वी तथा मध्य भागमा मौसम बदली भइरहेको छ । पूर्वी र मध्यका स्थानहरूमा मेघगर्जन तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६