काठमाडाैं : पूर्वराजा–रानी ज्ञानेन्द्र–कोमल शाहले आज वैवाहिक सम्बन्धको ५०औं वर्षगाँठका अवसरमा गोल्डेन जुब्ली मनाएका छन् ।
उनीहरुको वर्षगाँठको अवसरमा एउटा फोटो सार्वजनिक भएको छ । जसमा कोमलले आफ्ना पति ज्ञानेन्द्रलाई केक खुवाउँदै छिन् । र, उनीहरू दुवै जना एकदमै खुसी मुद्रामा देखिन्छन् ।
पूर्वराजाका कैयौ शुभचिन्तकले यही तस्बिर फेसबुकमा पोस्ट गर्दै उनीहरुलाई शुभकामना दिएका छन् । हाम्रो पनि शुभकामना ज्ञानेन्द्र–कोमल जोडीलाई ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६