एजेन्सी : पोर्चुगिज क्लब पोर्टोका गोलकिपर इकर कासिलास हृदयघातका कारण अस्पताल भर्ना भएका छन् ।
हृदयघात भएपछि उनलाई पोर्टोको एक अस्पताल भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको पोर्टो क्लबले जनाएको बीबीसीले जनाएको छ । अवस्था स्थिर रहे पनि उनलाई डाक्टरहरुको अब्जरभेशनमा राखिएको बीबीसीले उल्लेख गरेको छ । कासिलास क्लबको अभ्यास सत्रमा एक्कारी हृदयघातको शिकार भएको जनाइएको छ ।
रियल मड्रिडका पुर्व लिजेण्ड कासिलासलाई अभ्यासको समय हृदयघातले समातेको बताइएको छ । कासिलासले तीन पटक च्याम्पियनसिप उपाधि, ५ पटक ला लिगा विजेता टिमका लागि गोलकिपिंग गरेका थिए ।
उनी स्पेनले यूरोपियन कप जित्दा २००८ मा स्पेनको गोलकिपर थिए भने स्पेनले जितेको एकमात्र विश्व कपि जित्दा पनि उनी गोलपोस्टमा बलियो पर्खाल बनेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६