लहान : सिरहामा एक जनाले आफ्नै घरको छानाबाट हाम फाल्दा घाइते भई उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको सुखीपुर नगरपालिका वडा नं ८ बस्ने २८ वर्षीय विकास गुप्ता रहेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएको र केही दिनदेखि औषधि लिइरहेका गुप्ताले मंगलबार राति १२ बजेतिर आफ्नै घरको छतबाट हाम फालेका थिए ।
घाइते भएर विराटनगरकाे नाेबेल मेडिकल कलेजमा उपचाररत गुप्ताकाे निधन भएपछि उनकाे शव कोसी अञ्चल अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज कँडेलले जनाकारी दिए ।
घाइते गुप्ताको टाउकोमा र जीउमा गहिरो चोट लागेको थियाे । गुप्तालाई उपचार गराइरहेको समयमा बुधबार बिहान एक्कासी जीउ काम्न थालेको र केही समयमै उनकाे मुत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६