काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको मंगलबारको राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल बर्षाले प्रभावित बनेको छ ।
बर्षाका कारण खेल प्रभावित भएपछि दुवै टोलीले एक एक अंक बाँडेका छन् । बेग्लोरमा बर्षाका कारण खेल प्रभावित भएपछि ५ ओभरमा घटाइएको थियो । जसमा पहिले ब्याटिङ गरेको बैंग्लोरले ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन बनाएको थियो ।
जवाफमा राजस्थानले ३.२ ओभरमा ४१ रन बनाएको अवस्थामा पुनः वर्षा भएपछि खेल नतिजाबिहीन भयो ।
दुवै टिमलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न निश्चित जितको आवश्यकता थियो । तर बराबरीले बैंग्लोर प्रतियोगिताबाट बाहिरिएको छ भने राजस्थानको सम्भावना पनि कठिन बनेको छ ।
१३ खेलबाट ५ खेलमा जित र सात खेलमा हार तथा एक खेलमा भने वर्षाको कारण अंक बाँडेको राजस्थान ११ अंकका साथ लिगको पाँचौं स्थानमा छ भने समान खेलबाट ९ अंक जोडेको बैंग्लोर अन्तिममा छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६