सुनसरी : सुनसरीको इनरुवा नगरपालिका-३ मा नागरिकता बनाइदिने आश्वासन देखाउँदै १० हजार रुपैयाँ लिदै गरेको अवस्थामा प्रहरीले सोमवार एक जनालाई पक्राउ गरेको छ ।
दिउँसो पौने २ बजेको समयमा जिल्ला प्रशासन कार्यालय अगाडि इटहरी उप-महानगरपालिका-९ बस्ने ४६ वर्षीया देवी मण्डलसँग नागरिकता बनाइदिने भन्दै १० हजार रुपैयाँ लिने इनरुवा-१ का लेखापढी व्यवसाय गर्ने चेतप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६