स्पेनमा सत्तारूढ समाजवादी पार्टी विजयी भएको छ । चार वर्षाभित्र भएको तेस्रो निर्वाचनमा प्रधानमन्त्री पेड्रो सान्चेथको दलले २९ प्रतिशत मत ल्याएको छ ।
सरकार बनाउन उसलाई वामपन्थी पोडेमोस तथा क्षेत्रीय दलहरूको वा मध्यदक्षिणपन्थी दलको समर्थन आवश्यक पर्दछ। सन् १९७० मा सैन्य शासन सकिएपछि पहिलो पटक अतिदक्षिणपन्थी दलले पनि संसद्मा प्रवेश पाउने भएको हो ।
निर्वाचन परिणाम आएपछि प्रधानमन्त्री सान्चेथले असमानतासँग सङ्घर्ष गर्दै सहअस्तित्वतिर जानु तथा भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो दलका लागि ठूला चुनौती हुने बताएका छन्।
यो निर्वाचनको एउटा प्रमुख विषय स्पेनको पूर्वोत्तर भाग क्याटलोनियाको स्वतन्त्रतासँग सम्बन्धित थियो। अर्धस्वायत्त सो क्षेत्रले सन् २०१७ को अक्टोबरमा जनमतसङ्ग्रह गरेर स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।
मड्रिडले सो क्षेत्रका झन्डै एक दर्जन नेताहरूलाई विद्रोह र राजद्रोहको मुद्दा चलाएको छ। तीमध्ये ईआरसीका नेता हुन्केरास पनि हुन्। पक्राउ पर्दा उनी क्याटलानका उपराष्ट्रपति थिए।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६