काठमाडौं : आन्द्रे रसेलले अलराउन्ड प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले आईपीएल क्रिकेटमा पाँचौं जित निकालेको छ ।
आइतबारराति भएको खेलमा कोलकाता नाइटराइडर्सले मुम्बई इन्डियन्सलाई ३४ रनले हराएको हो ।
इडन गार्डनमा भएको खेलमा कोलकाताले मुम्बईलाई जितका लागि २ सय ३३ रनको विशाल लक्ष्य दिएको थियो । आइपीएलको जारी सिजनमा यो सबैभन्दा ठूलो स्कोर हो । कोलकाताले दिएको २३३ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएका मुम्बईले खराब सुरुवात ग¥यो ।
मुम्बईका क्लिन्टन डिकक टिमले ९ रन जोड्दा ४ बल खेलेर शून्य रनमा आउट भए । यस्तै कप्तान रोहित शर्मा २१ रन हुँदा व्यक्तिगत १२ रनमा पभेलियन फर्किए ।
मुम्बईका हार्दिक पाण्ड्याले ३४ बलमा ६ चौका र नौ छक्काको मद्दतमा ९१ रन बनाउँदै टिमको रन स्कोर उकासे पनि जितका लागि पर्याप्त भएन । सूर्यकुमार यादव २६, क्रुनाल पान्ड्या २४,कायरन पोलार्ड २० रनमा आउट भए ।
कोलकाताका लागि सुनिल नारायण, हेरी गर्नी र आन्द्रे रसेलले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा केबल २ विकेटको क्षतिमा २ सय ३२ रन बनाएको थियो ।
कोलकाताका ओपनर शुभमन गिलले ४५ बलमा ६ चौका र चार छक्काको मद्दतमा ७६ रन बनाए भने क्रिस लिनले २९ बलमा ५४ रन बनाए ।
त्यसपछि आन्द्रे रसेलले ४० बलमा ६ चौका र ८ छक्काको मद्दतमा अविजित ८० रनको योगदान गरे । उनले मुम्बइको २ विकेट लिएका थिए भने हार्दिक पाण्ड्या र क्विन्टन डिककको क्याचसमेत लिएका थिए । अलराउन्ड प्रदर्शन गरेका रसेल म्यान अफ द म्याच भए ।
यो जितसँगै कोलकाताले तालिकामा १० अंक बनाएको छ । १२ खेलमा पाँच जित र सात हारसहित १० अंक भएको छ । मुम्बईको समान खेलबाट १२ खेलमा १४ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६