भोजपुर : भोजपुरको पूर्वमा रहेको अरुण गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
भोजपुरको अरुण गाउँपालिका ६ आमबोटेमा शनिबार रूखमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अपराह्न पौने ६ बजेको समयमा सोही गाउँपालिका बस्ने ४७ वर्षीय अमरबहादुर राई काभ्रोको रूखमा चढेर घाँस काट्ने क्रममा घाँसले बिजुलीको लाइनमा छुँदा करेन्ट लागेर भुइँमा झरेका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरी चौकी जरायोटारले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६