राजविराज: हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वद्धको मृत्यु भएको छ ।
बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।