काठमाडौं : अष्ट्रेलियन क्रिकेटर शेन वाट्सनले घरेलु बिग व्यास क्रिकेट लिग नखेल्ने घोषा गरेका छन् ।
हाल आइपीएलमा चेन्नई सुपर किंग्सबाट खेलिरहेका वाट्सनले घरेलु लिग भने छाड्ने भएका हुन् । ३७ वर्षीय वाट्सनले पछिल्लो चार वर्ष सिड्नी थन्डर्सबाट बिग व्यास लिग खेल्दै आएका थिए ।
उनले २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । त्यसपछि पनि उनी बिग व्याससहित विभिन्न लिग खेलिरहेका थिए ।
परिवारलाई समय दिने भन्दै उनले बिग ब्यास लिग करियर अन्त्य गर्ने घोषणा गरे । यद्यपि एनएसडब्लू प्रिमियर क्रिकेटमा सदरल्याण्ड डीसीसी र निश्चिच विदेशी लिग भने खेल्ने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६