दैलेखः दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलमा सञ्चालित दुई दिने नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा शनिबार एक सय ५१ जनाले नागरिकता बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो शिविरमा शिविरमा ७२ महिला र ७९ पुरुष गरी एक सय ५१ जनाले नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
शिविरमा एक सय ६२ जनाको फोटोसहितको मदताता नामावली पनि सङ्कलन गरिएको थियो । नागरिकता वितरणसँगै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अन्य सेवा तथा सुरक्षा समन्वयका विषयमा सार्वजनिक सुनुवाइ गरिएको प्रजिअ बाँस्कोटाले जानकारी दिए ।
सार्वजनिक सुनुवाइमा प्रशासनले मदिरा व्यवस्थापन तथा विकास योजनाको पारदर्शिता नगराएको सम्बद्ध व्यक्तिले गुनासो गरेका थिए ।