म्यानमार सरकारले नयाँ बर्षको अवसरमा झण्डै छ हजार कैदीलाई आम माफी दिने भएको छ । तेस्रो चरण अन्तर्गत उनीहरूलाई देशको परम्परागत नयाँ बर्षको अवसरमा आम माफी दिन लागिएको राष्ट्रपति कार्यालयका प्रवक्ता उ जाव ह्तायले शुक्रबार जानकारी दिए ।
तेस्रो चरण अन्तर्गत आम माफी पाउने कैदीमा लागुऔषध दुव्र्यसनी, जातीय द्वन्द्व बढाउनेहरू र केही अन्य राजनीतिक बन्दी पनि रहेका छन् । राष्ट्रपतिको आदेश अनुसार यसअघि पहिलो र दोस्रो चरणमा नौ हजार ५५१ जनालाई विना शर्त आम माफी दिइएको छ ।
त्यतिबेला आम माफी पाएका मध्ये १६ जना विदेशी रहेका छन् । त्यसैगरी अहिले तेस्रो चरणमा छ हजार ६४८ जनाले आम माफी पाएको अधिकारीहरुले जनाएका छन् । सवै गरेर अहिले सम्म आम माफी पाउनेको संख्या १६ हजार ४९९ पुगेको समाचारमा जनाइएको छ ।