फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारलाई यूईएफएले तीन खेलको प्रतिबन्ध लगाएको छ ।
युइएफएले नेयमारलाई युरोपेली प्रतियोगितामा लागु हुने गरी ३ खेलको प्रतिबन्ध सुनाएको हो । च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि नेयमारले सामाजिक सन्जाल इन्स्टाग्राममा रेफ्रीविरुद्ध नकारात्मक टिप्पणी गरेका थिए ।
उनले इन्स्टाग्राममा मार्कुस रासफोर्डले पेनाल्टीबाट गरेको गोल, गोल नै होइन भनेर भनेका थिए । २७ वर्षे नेयमारले यसका साथै आफ्नो इन्स्टाग्राममा चार व्यक्ति जसलाई फुटबलको बारेमा केही थाहा छैन, टेलिभिजनमा स्लोमोसन रिप्ले हेरेर डिसिजन गर्छन् भन्दै लेखेका थिए ।
पीएसजी फ्रेन्च लिग वान च्याम्पियन बन्दै अर्काे सिजनको च्याम्पियन्स लिगको लागि छनोट भैसकेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६