आईपीएल ४४ औं खेलमा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्सले ४६ रनको जित निकालेको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिन सफल भएको छ भने चेन्नई शीर्ष स्थानमा यथावत छ ।
१ सय ५६ रनको विजयी लक्ष्य पछ्पाएको चेन्नई १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । चेन्नईका ओपनर मुरली विजयले ३८ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
मुम्बईको कसिलो बलिङ सामु चेन्नईका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । मुम्बईलाई सहज जित दिलाउन लाथिस मलिङ्गाले ३.४ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुनाल पान्ड्याले समान दुई विकेट लिदा अनुकुल रोए र हार्दिक पान्ड्याले १-१ विकेट हात पारे ।
त्यस अघि चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाउन सक्यो । चेन्नईका मिचेल सान्टनरले २,इमरान ताहिर र दिपक चाहरले समान १ विकेट लिए ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६