सवारी दुर्घटनामा परी मलेसियामा एक नेपालीको ज्यान गएको छ । बर्दियाका ४१ वर्षीय लाल बाहादुर बुढाको दुर्घटनामा परी ज्यान गएको हो ।
काम सकेर काेठा फर्कने क्रममा कारले ठक्कर दिदा बुढाकाे मृत्यु भएकाे मलेसियाबाट हिमाल खड्काले जानकारी दिए । बुढा सन् २०१२ देखि मलेसियाको जोहोर मुहार बाख्री बातुलापन एम लिम (M Lim) फर्निचर कम्पनीमा काम गर्दै आएका थिए ।
अप्रिल २५ तारिख अर्थात् वैशाख १२ गते मृत्यु भएका बुढाको शव नेपाल ल्याउने तयारी गरिए पनि परिवार तथा आफन्तसँस सम्पर्क नभएकाले शव ल्याउन कठिन भएकाे बताइएकाे छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउनुपरेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६