कतार । भोजपुर सेवा समाज कतारको दोश्रो साधारण सभाबाट अध्यक्षमा गोपाल बस्नेत निर्बिरोध निर्बा्िचत भएका छन् । यही २४ मार्च अल दोसरी पार्कमा सम्पन्न दोश्रो साधारण सभाले बस्नेतलाई अध्यक्षमा निर्वाचित गरेको हो । बस्नेत यस अघिको कार्यसमितिमा उपाध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो । नवनिर्बाचित कार्यसमितिको उपाध्यक्षमा क्रमशः सुमन तमोट, दिक्पाल राई,सचिबपर्बत कट्टेल, सह सचिब पंकज राई, कोषाध्यक्ष टेक बहादुर भण्डारी, सह कोषाध्यक्ष रामकुमार कोइराला रहनुभएको छ । त्यसैगरि कार्य समिति सदस्यहरुमा गणेश भुजेल, दिनेश पराजुली,अनिल कार्की, रामकुमार खड्का, श्याम थापा, प्रकाश राई, हेमराज अधिकारि, पर्शुराम बोहोरा, हरि कुमार घिमिरे, रेवन्त राम सुबेदी, हरि कुमार थापा र रमेश खड्का हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७३