काठमाडौं : आज झलकमान गन्धर्वको ८४औं जन्मजयन्तीको अवसरमा तनहुँका सारङ्गीवादक तथा लोकगायक बुकुन गन्धर्वले सारङ्गीमा मार्फत सम्झिने कोसिस गरे ।
आज राष्ट्रिय नाचघर जमलमा आयोजना भएको एकल सारङ्गी बादन कार्यक्रममार्फत सम्झेका हुन् । सांस्कृतिक संस्थानको आयोजनामा एकल सारङ्गी वादन कार्यक्रम गरिएको संस्थानका अध्यक्ष उद्योग राईले बताए । सारङ्गी वादक बुकुन गन्धर्वले आलाप सारङ्गी, रामबनबास, आमाको पीडा जस्ता चर्चित गीतहरु प्रस्तुत गरे । साथै उनले कपाल कोरेर, रेसम फिरिरि, मकुरी जालैमा लगायत आधाजर्दन गीतहरु गाएर उपस्थित दर्शकहरुलाई नचाए ।
सारङ्गी वादक तथा लोकगायक बुकुन गन्धर्वले सारङ्गीबादनबाटै देश विदेश घुमेका छन् भने यसैको आम्दनीबाट काठमाडौमा घर बनाएका छन् । तनहुँमा जन्मेका बुकुलुने विभिन्न सुखदुःखका गीत गाएरुै पस्चिमको मनाङ, मुस्ताङदेखि पूर्वका दोलखा उदयपुरसम्म सञ्चारको संवाहक तथा नेपालीहरुको सुखदुःखको सारथी बनेको बताए । साथै उनले विभिन्न देशको भ्रमण गर्न पाएको बताए ।
बुकुनले सारङ्गी बजाउन कै लागि जापान, जर्मन, आयरल्यान्ड, कोरिया, अस्ट्रृलियाको भ्रमण गरेका छन् भने विदेशी गीतमा समेत संगीत दिइसकेको बताए । उनले सारङ्गी बजाएर कमाएको पैसाले २०६५ सालमा काठमाडौंमा घर बनाएको बताए । उनले काडमाडौंको बालाजुमा घर बनाएको बताए । बुकुन गन्धर्वले भने, ‘सारङ्गी मेरो लागि ब्रम्हाण्ड हो । पढ्न पाइएन । सारङ्गी धेरै भए पनि एउटा चाहिँ मेरो लाससँग पठाउन परिवारसँगै आग्रह गरेको छु ।’ साथै उनको तीन सन्तान भए पनि तीनै जनाले सारङ्गी नसिकेकोमा उनको सारङ्गी लोप हुने चिन्ता छ । उनलाई जीवनभर एउटा सारङ्गीेले पुग्ने भए पनि अरुले सिकोस्, जानोस् भनेर धेरै सारङ्गी बनाएको बताए । पहिले गाउँघर घुमेर सारङ्गी बजाएका बुकुनले अहिले देशको विभिन्न स्टेजमा गाउने गरेको बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६