काठमाडौं : २०७२ सालको भूकम्पले क्षति पुगेका सात हजार ५५३ विद्यालय भवनमध्ये चार हजार २५३ को पुनःनिर्माण सम्पन्न भएको छ । हाल दुई हजार १३१ विद्यालय भवन बनिरहेको छ । एक हजार १६९ विद्यालय भवन अझै पुनःनिर्माण शुरु हुन नसकेको प्राधिकरणले जनाएको छ ।
यसैगरी भूकम्पले ४९ हजार ६८१ कक्षा कोठामा क्षति पुगेको थियो । वैशाख पहिलो सातासम्म १८ हजार ४५६ कक्षा कोठा पुनःनिर्माण सम्पन्न भएको छ । १८ हजार ५५० कक्षा कोठा बनिरहेका छन् । १२ हजार ६७५ कक्षा कोठा अझै बन्न सकेको छैन ।
भूकम्पले क्षति पुगी पुनःनिर्माण गर्नुपर्ने विभिन्न विश्वविद्यालयका ३० क्याम्पसमध्ये हालसम्म दुई वटाको मात्र काम सम्पन्न भएको छ । हाल २१ क्याम्पस भवन पुनःनिर्माण भइरहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । सात क्याम्पस भवन अझै पुनःनिर्माण शुरु हुन सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६