२०७७ फागुनमा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पितामवर तिम्सिनाको अध्यक्षतामा बुधबार बसेको राखेपको बोर्ड बैठकले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई दिने निर्णय गरेको हो । प्रतियोगिता २०७७ फागुन २० देखि २७ गतेसम्म हुने कार्यतालिका तय भएको छ ।
राष्ट्रिय खेलकुद हरेक २–२ वर्षमा गराउने प्रावधान राखिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ को नेपालगन्जमा आज समापन हुदैछ । समापनकै दौरान नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशलाई झन्डा हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६