काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनेको छ ।
मंगलबारराति साउथह्याम्पटन र वाटफोर्डबीचको खेलमा साउथह्याम्पटनका सेल लङको नाममा यो कीर्तिमान बनेको हो । उनले खेल सुरु भएको ७.६९ सेकेन्डमै गोल गरेका हुन ।
उनी प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । उनले टोटनह्यामका डिफेन्डर लेड्ली किंगको नाममा रहेको सबैभन्दा छिटो गोलको कीर्तिमान भंग गरेका हुन् ।
किंगले १९ वर्षअघि सन् २००० को डिसेम्बरमा ब्राडफोर्डिवद्धको खेलमा ९.८२ सेकेण्डमा गोल गरेका थिए । रेलिगेशनबाट जोगिन संघर्षरत साउथह्याम्पटनले वाटफोर्डसँग १–१ गोलको बराबरी खेलेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६