नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदको फुटबलको स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लब र अर्को विभागिय टोली नेपाल पुलिस क्लबबीच हुने भएको छ ।
आज भएको दोस्रो सेमिफाइनलमा अ नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको छ । आज बिहान भएको खेलमा प्रदेश ५ लाई टाइब्रेकरमा ३–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।
पुलिसलाई फाइनलमा पुर्याउनका लागि रवि पासवान र तेज तामाङले गोल गरे । एपिएफका लागि आशिष लामाले गोल गरेका थिए ।
रविको गोलमा पुलिसले नवौं मिनेटमा खेलमा अग्रता लिएको थियो । तेजले ३४ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । खेल सकिन १८ मिनेट बाँकी रहँदा एपिएफका आशिषले फर्काएपनि जितका लागि पर्याप्त हुन सकेन ।
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६