म्यानमार: म्यानमारको उत्तरी काचिन राज्यस्थित एक पथ्थर खानीमा गएको पहिरोमा परी ५० जनाभन्दा बढी श्रमिक वेपत्ता भएका प्रहरीले मङ्गलबार जनाएको छ ।
सोमबार राति सुतिरहेको अवस्थामा खानीका लागि निर्माण भएको एक बाँध भत्किएर पहिरो जाँदा उनीहरूलाई बगाएको बताइएको छ ।
पहिरोमा परी ५४ जना हराइरहेका छन्, हकान्त प्रहरी स्टेसनका एक सुरक्षाकर्मीले बताए । पहिरोमा परी हराएका श्रमिक जीवितै रहेने सम्भावना क्षीण रहेको बताइएको छ, उनले भने ।
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६