काठमाडाैं : इनारमा रिङ हाल्ने क्रममा डुबेर सोमबार सुनसरीका एक युवकको ज्यान गएको छ ।
दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर-१६, सर्राका ठरालु चौधरीको घरमा इनारकाे रिङ हाल्ने क्रममा सुनसरीको इनरुवा नगरपालिका-५, बलाहा घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर-१६, डेरा गरी बस्ने २० वर्षीय रन्जित मेहेताकाे ज्यान गएको हो ।
इनारमा खसेर पानीमा घाइते भएका मेहेताको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६