काठमाडौं : पेरिस सेन्ट जर्मेन (पीएसजी) पाँच खेलअघि नै फ्रेन्च लिग वान च्याम्पियन बनेको छ ।
आइतबार राति भएको खेलमा मोनाकोलाई ३–१ ले हराउँदै पीएसजीले उपाधि पक्का गरेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे । एमबाप्पेले १५, ३८ र ५५ औं मिनेटमा गोल गरेका थिए । मोनाकोका लागि गोलोविनले ८० औं मिनेटमा सान्त्वना गोल फर्काए ।
अर्को खेलमा दोस्रो स्थानको लिलेले टुलससँग गोलरहित बराबरी खेलेपछि पीएसजी फ्रेन्च लिग वान च्याम्पियन बनेको हो । चोटग्रस्त भएका कारण लामो समय मैदान बाहिर रहेका नेइमार पनि मोनकोविरुद्धको खेलमा थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६